२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई तहका संसद्को प्रशासनिक खर्च नै सवा चार अर्ब

अ+ अ-

काठमाडौं । संघीय र प्रादेशिक संसद् सचिवालय गठनका लागि राज्यले वार्षिक सवा चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । संघीय संसद्, संसद् सचिवालय, सातवटा प्रदेश सभा, प्रदेश सभाका समिति र सचिवालय सञ्चालनका लागि वार्षिक चार अर्ब २५ करोड रुपैयाँ खर्च हुने भएको हो । संसद् सचिवालयको संघीय संसद् एवं सचिवालय र प्रदेश सभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदनअनुसार सात प्रदेश सभाका लागि वार्षिक दुई अर्ब ५५ करोड र संघीय संसद्का लागि एक अर्ब ७० करोड रुपैयाँ खर्च हुनेछ ।

संसद् सचिवालयका सहसचिव भरतराज गौतमको संयोजकत्वमा गत साउनमा गठित समितिको अध्ययन प्रतिवेदनअनुसार संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रिय सभा०, संघीय संसद् सचिवालय र सात प्रदेश सभा एवं प्रदेश सभा सचिवालय सबै निकाय सञ्चालनका लागि चार अर्ब २५ करोड रुपैयाँ नियमित प्रशासनिक खर्च हुने अनुमान गरिएको छ । एउटा प्रदेश सभाका लागि २३ करोड ११ लाख ४२ हजार ८५८ रुपैयाँ खर्च हुनेछ । र, एउटा प्रादेशिक संसद् सचिवालयका लागि १३ करोड ३१ लाख ४२ हजार ८५८ रुपैयाँ खर्च हुनेछ ।

त्यसरी हेर्दा सातवटा प्रदेश सभाका लागि एक अर्ब ६१ करोड ८० लाख र सातवटा प्रदेश सभा सचिवालयका लागि ९३ करोड २० लाख रुपैयाँ खर्च हुनेछ । भर्खरै विघटन भएको व्यवस्थापिका–संसद् र संसद् सचिवालयमा भएको प्रशासनिक खर्चका आधारमा यो अनुमान गरिएको हो । प्रदेश सभाको खर्चको हिसाब भने एउटा प्रदेशमा खर्च हुन सक्ने औसत खर्चका आधारमा सात प्रदेशको कुल खर्च हिसाब गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments