मिल्यो भागबन्डा : एमालेलाई ९६ सिट र माओवादीलाई ६२ सिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मिल्यो भागबन्डा : एमालेलाई ९६ सिट र माओवादीलाई ६२ सिट


१५ कार्तिक २०७४, बुधबार


काठमाडौं । एमाले र माओवादी केन्द्र गठबन्धनले प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिट भागबन्डा टुंगो लगाएका छन् । प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । एमालेले प्रतिनिधिसभामा कुल ९६ तथा माओवादी केन्द्रले ६२ सिट पाएको छ ।

प्रदेश सभाअन्तर्गत एमालेले १७५ र माओवादीले ९३ सिट लिएका छन् । राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई ६ सिट छुट्याइएको छ । प्रदेश सभामा एमालेले १९८ र माओवादीले १२६ सिट पाएका छन् । पहिलो चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओवादीले ३३ सिट लिएका थिए ।

एमाले र माओवादीको ६०÷४० प्रतिशतबाहेक स्वतन्त्रलाई प्रतिनिधिसभामा सात सिट र प्रदेश सभामा ६ सिट दिइएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चा, राप्रपा र हृदयेश त्रिपाठी समूहले स्वतन्त्र हैसियतमा प्रतिनिधिसभामा सात सिट पाएका छन् ।

वाम गठबन्धनले राप्रपालाई झापा ३, राष्ट्रिय जनमोर्चालाई प्युठान, सप्तरी ४, पश्चिम नवलपरासी, बाँके ४, कपिलवस्तु २ र ३ स्वतन्त्रलाई छुट्याएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस