२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी दश वर्षमा नेपाल समुन्नत राष्ट्र : नेपाली कांग्रेसको घोषणापत्र

अ+ अ-

काठमाडौं । नेपालको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ ।

नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला एवं नेपाली कांग्रेस, घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले आज संयुक्तरुपमा आयोजित घोषणापत्र सार्वजनिकीकरण समारोहमा सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुन गइरहेको व्यवस्थापिका–संसद् र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसको घोषणापत्र २०७४ तयार पारेको छ । सो घोषणापत्रमा जलस्रोत, पर्यटन, कृषि र पूर्वाधारको विकास गरी देशबाट गरिबीको अन्त गर्ने उल्लेख छ ।

आगामी १० वर्षमा १५ हजार मेगावाट ऊर्र्जा उत्पादन भई निर्यात गर्ने र सोबाट आर्जित रकमले मुलुकको गरिबीलाई तीन प्रतिशतमा झार्ने उल्लेख छ । हाल मुलुकको गरिबी २१ प्रतिशत छ ।

घोषणापत्रले मुलुकको अर्थतन्त्रको आकारलाई आगामी १० वर्षमा १०० खर्बको हाराहारीमा पुर्याउने महोत्वाकाङ्क्षी योजना अघि सारेको छ । लगानीमैत्री वातावरणलाई शंकाको घेराबाट अलग राखी वार्षिक एक खर्बदेखि पाँच खर्बसम्म विदेशी लगानी भित्र्याउने तथा उत्पादनमूलक उद्योगको अंश पाँच प्रतिशतबाट १५ प्रतिशतमा पुर्याई राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय सञ्जालमा जोडिने उल्लेख छ ।

आगामी १० वर्षमा देशको गरिबी र भोकमरी सदाका लागि अन्त भई अनौपचारिक क्षेत्रका गरिबीलाई निवृत्तीभरणको व्यवस्था गरी तीनदेखि पाँच लाख युवालाई रोजगारी उपलब्ध हुनेछ । हाल ५० हजार व्यक्तिले मात्र स्वदेशमा रोजगार पाइरहेका छन् ।

दश वर्षभित्र आम नेपाली औषधि उपचारबाट वञ्चित हुनुपर्ने छैन । प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिएको हुनेछ । जसका कारण नेपालीको औषत आयु ७७ वर्षभन्दा माथि हुने अनुमान गरिएको छ । हाल नेपालीको औसत आयु ७१ वर्ष छ ।

घोषणापत्रमा काठमाडौं–मधेश एक्सप्रेस रेल्वेलगायत चारदेखि ६ लेनका एक हजार किमीभन्दा बढी द्रुतमार्ग ५०० किमीभन्दा बढी रेल्वे लाइन ५० हजारभन्दा बढी किमी कालोपत्र सडक राष्ट्रिय सञ्जालमा जोडिन आउने उल्लेख छ ।

त्यसैगरी, पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई प्रत्येक वर्ष ३२ हजार पर्यटक भित्रिनेछन् । जसका कारण ५० लाख नेपालीले पर्यटन उद्योगबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगार प्राप्त गर्नेछन् ।

आगामी १० वर्षभित्र मुलुक खाद्यान्न, मासु, तरकारीमा आत्मनिर्भर हुनेछ । तराई–मधेश र पहाडका १८ लाख हेक्टर जमिन बाह्रै महिना सिञ्चित हुनेछन् । मोबाइल फोन र इन्टरनेटको पहुँच सबै नेपाली जनतामा पु¥याइने, १६ वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता हुने तथा ऋण लिएका ८० प्रतिशतभन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्रमा आबद्ध हुने उल्लेख छ ।

नेपालको ७५ प्रतिशतभन्दा बढी जनसङ्ख्या व्यवस्थित, सुविधा सम्पन्न, आधुनिक शहरमा बसोबास गर्ने तथा सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले वृद्धि हुने, सबै नयाँ भवन अनिवार्य रुपले भूकम्प प्रतिरोधी हुने, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक विपद्का कारण अकालमा मृत्यु हुनेको सङ्ख्या न्यून हुने र नेपालको ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको हुने उल्लेख छ ।

0 Comments