पुनःनिर्वाचन रिट खारेज, कैलाली क्याम्पसमा अखिलको नेतृत्व « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पुनःनिर्वाचन रिट खारेज, कैलाली क्याम्पसमा अखिलको नेतृत्व


१३ कार्तिक २०७४, सोमबार


धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन पुनः हुनुपर्ने माग गर्दै दायर गरिएको रिट दिपायलस्थित उच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय शेखर अर्याल र दुर्गा बिकको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको हो ।

मतगणना प्रक्रियाप्रति असन्तुष्ठि जनाउँदै नेपाल विद्यार्थी संघका विश्वप्रसाद चौधरी, फोरम लोकतान्त्रिक निटक विद्यार्थी संगठनका रमेश चौधरीलगायत ६ विद्यार्थी संगठनका नेताले पुनः मतदान माग गर्दै रिट दायर गरेका थिए ।

केही मतपत्र मात्र गन्न बाँकी रहेको अवस्थामा नेविसंघका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन समितिले बाँकी मतपत्र गणना गरी अखिल अध्यक्ष चुडामणी भट्टको प्यानललाई विजयी घोषणा गरेका थिए ।

रिट खारेजीसँगै स्ववियुमा अखिल नेतृत्वले आधिकारिता पाएको छ ।

प्रतिक्रिया दिनुहोस