२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बत्तीसौँ प्राज्ञ सभा : सांस्कृतिक रुपान्तरणमा जोड

अ+ अ-

काठमाडौं । वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको ३२ औँ प्राज्ञ सभा शुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले आज सभाको उद्घाटन गरे । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

प्रधानमन्त्री देउवाको सन्देशमा राजनीतिक र लोकतान्त्रिक रुपान्तरणलाई संस्थागत गर्ने अभिभारा प्राज्ञिक जगत्तको भएको उल्लेख छ । उनले मानवमा ज्ञान, विवेक सिर्जना गर्न र समाजमा शिक्षाका मार्गनिर्देशन गर्न प्राज्ञको महत्वपूर्ण भूमिका हुने जनाउँदै प्राज्ञिक जगत्ले समाजमा लुकेका विविध तथ्यलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन् । उक्त सन्देश सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले प्रस्तुत गरेका थिए ।

मन्त्री देवले नेपाल राष्ट्रभित्र रहेका विभिन्न भाषा, साहित्य, संस्कृति, दर्शनको पहिचान र प्रवद्र्धन हुन सकेमा राष्ट्रिय एकताको प्रक्रिया अझै सुदृढ हुने बताए । उनले तीनवटा प्रज्ञा प्रतिष्ठानका बीचमा स्वस्थ्य सम्बन्ध हुन तथा आपसी सम्बन्ध विस्तार गरी फरकफरक विधामा विशिष्ट प्रतिष्ठान स्थापना हुनुको औचित्य स्थापित हुनुपर्नेमा जोड दिए ।

उनले प्रदेश र स्थानीय तहले यस्ता संरचना कसरी बनाउने भन्नेमा राष्ट्रिय बहस हुनपर्ने आग्रह गरे । समानुपातिक समावेशी लोकतान्त्रिक प्रणालीलाई संविधानले स्वीकार गरेको स्थितिमा सोहीअनुरुपका प्राज्ञिक चिन्तन हुनुपर्ने बताए ।

“राज्यको पुनःसंरचनाका लागि हामी सबैले आफ्नो मानसिकतालाई पुनः संरचित गर्न सक्नुपर्छ ।” उनले भने, “संविधान निर्माणका समयमा पहिचानबारे गहन छलफलपछि जाति, भाषा, संस्कृति, इतिहास र भूगोलका आधारमा राष्ट्रिय एकता र सौहार्दतालाई सन्तुलित राख्ने गरी सम्बोधन गर्न नसकिए मुलुकलाई विखण्डनमा पनि लैजान सक्छ ।”

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दक्षिण एसियाली प्रज्ञा प्रतिष्ठानसँग सम्बन्ध स्थापना गरी नियमित प्राज्ञिक आदानप्रदान गरिएको जनाउँदै चीन तथा दक्षिण एशिया साहित्य मञ्च भई मञ्चबाट आगामी नोभेम्बर ५ देखि ९ सम्म चीनमा त्यसले सम्मेलन गर्ने बताए ।

उनले सभाले पृथ्वी प्रज्ञा पुरस्कारलगायत महत्वपूर्ण पुरस्कारबारे निर्णय गर्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले अन्य प्रज्ञा प्रतिष्ठानलाई पनि नेपाल प्रज्ञा प्रतिष्ठानले सौहार्द सम्बन्ध स्थापना गर्न सक्नुपर्ने बताउँदै मुलुक संघीयतामा गएको अवस्थामा प्रादेशिक क्षेत्रका संस्कृति प्रवद्र्धनबारे चिन्तन गर्न सुझाव दिए ।

प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँइलाले विविध भाषा र संस्कृतिको प्रवद्र्धनका लागि प्रादेशिक प्रज्ञा प्रतिष्ठान खडा गर्न यस प्रतिष्ठानले समन्वय गर्नुपर्ने बताए ।

उपकुलपति डा. विष्णुविभू घिमिरेले सभाको बन्द सत्रमा वार्षिक नीति, योजना र बजेट प्रस्तुति र छलफल हुने जानकारी दिए । रासस

0 Comments