लोकसेवाको छविलाई उच्च राख्ने : अध्यक्ष मैनाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोकसेवाको छविलाई उच्च राख्ने : अध्यक्ष मैनाली


१३ कार्तिक २०७४, सोमबार


भद्रपुर । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताएका छन् ।

आयोगद्वारा आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले लोकसेवा आयोगको गतिविधिले नागरिकलाई सक्षम एवं दक्षता प्राप्त गर्न प्रेरित गरेको भन्दै आयोगबाट छनोट भएका प्रतिस्पर्धी राष्ट्रको उच्च ओहदामा पुगेका छन् भने ।

लोकसेवा आयोगबाट सञ्चालित कार्यक्रमका बारेमा सुझाव संकलन गर्ने उद्देश्य रहेको सो कार्यक्रममा सबै सरकारी कार्यालय एवं संस्थान प्रमुखको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस