पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्द « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्द


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्द हुने भएका छन् । पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदको नामबाट छुट्ट्याएका सम्पूर्ण योजना रद्द गर्न निर्वाचन आयोगले सरकारलाई आइतबार निर्देशन दिएको हो ।

निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता कायम राख्न सांसदकै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।’ पूर्वसांसदले सिफारिस गरेका सम्पूर्ण योजना रद्द गर्न निर्देशन दिएका छौं,’ ढकालले भने, ‘सम्बन्धित निकायले रकम खर्च नगरी रोक्का राख्न भनेका हौँ ।’

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पूर्ण पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस