टिकट बाँड्दा एमाले नेतृत्वको ‘प्रेसर’ बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिकट बाँड्दा एमाले नेतृत्वको ‘प्रेसर’ बढ्यो


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो ।

समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । नेताहरू फेरि बैठकमा सरिक भए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस