८८केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

८८केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’


१३ कार्तिक २०७४, सोमबार


सुन

काठमाडौं । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ। उच्च स्रोतका अनुसरा ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए।

प्रहरीले सुन बरामद भएलगत्तै तस्करीको सुन ओसार्न प्रयोग गरिएको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो। तिनै चालकहरूले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशस्त्र प्रहरीको शंकास्पद भूमिकामाथि छानबिन सुरु गरेको थियो।

प्रहरीका अनुसार सुन ओसार्न भदौ १५ मै गाडी केरुङ नाका हुँदै चीन पुगेको थियो। त्यसैलेले काठमाडौं प्रहरी परिसरले अनुसन्धानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नामावली माग्दै पत्राचार गरेको थियो। लामो समयसम्म पत्रको जवाफ नदिएपछि परिसरले नामावली माग्दै सोही बेहोराको दोस्रो पत्र पनि काट्यो। प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरीको मुख्यालयसम्मै यो विषय पुगेपछि र बारम्बारको फोन ताकेतापछि केरुङ नाकामा उक्त दिन खटिएका सशस्त्र प्रहरीको नामावली परिसरले पाएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस