तोकिएको समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध– सिँचाइमन्त्री गौतम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तोकिएको समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध– सिँचाइमन्त्री गौतम


१२ कार्तिक २०७४, आइतबार


काठमाडौं । सिँचाइमन्त्री सञ्जय गौतमले आगामी संसदीय निर्वाचन तोकिएको समयभित्र सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री गौतमले थपे, “सरकार निर्वाचन सार्ने मनस्थितिमा छैन र निर्वाचन सार्ने कल्पना पनि गर्न सकिँदैन ।”

अदालतको कार्यक्षेत्रमा सरकारले हस्तक्षेप नगर्ने बताउँदै उनले भने– “मतपत्रको विवादलाई लिएर निर्वाचन आयोगले निर्वाचन गर्न भ्याउँदैन भनेको छैन ।”

नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ मत ल्याई जनताको चाहनाअनुसार समृद्ध मुुलुक बनाउने बताए । जनता अग्रगमन र संमृद्धिको पक्षमा रहेको र वाम गठबन्धन त्यसैको द्योतक भएको उनको भनाइ थियो ।

राजपाका महासचिव मनिष सुमनले काँग्रेससँगको तालमेल निर्वाचनसम्म मात्र भएको बताउँदै नेपाली काँग्रेसको कारण गठबन्धन बन्न नसकिरहेको खुलासा गरे । काँग्रेससँग आफूहरुले ५५ सिट मागेको र राजपा तथा संघीय समाजवादी फोरम नेपालले साझा उम्मेदवारी दिने निर्णय गरिसकेको उनले बताए ।

संविधान संशोधनको मुद्दा जिउँदै रहेको पनि उनले दोहोर्याए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस