प्रतिष्ठानको करार सेवा परीक्षामा चरम अनियमितता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिष्ठानको करार सेवा परीक्षामा चरम अनियमितता


१२ कार्तिक २०७४, आइतबार


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिइएको परीक्षामा चरम अनियमितता देखिएको छ ।

असोज २१ गते लिइएको परीक्षा केन्द्रीय कार्यालय जुम्लामा हुने गोरखापत्रमा सूचना प्रशाशित भए पनि काठमाडौंको सम्पर्क कार्यालयमा समेत परिक्षा लिइएको पाइएको हो ।

अनेरास्ववियु जुम्लाका पूर्वअध्यक्ष लोकेन्द्रराज गिरीले प्रतिष्ठान पदाधीकारीले परीक्षा अमर्यादित रूपमा सञ्चालन गरिएको आरोप लगाए । उनले भने, ‘प्रतिष्ठानले करार सेवाका लागि लिएको परीक्षा सूचना बमोजिम नभई दुईओटा केन्द्र सञ्चालन भयो, प्रश्न पत्र पनि अलगअलग प्रश्नवाली तयारी गरी गरिएकोबारे चासो राख्दा काठमाडौंको परीक्षा रद्द गर्ने र जुम्लामा भएको परीक्षा सदर गर्ने प्रतिक्रिया पदाधिकारीले दिएपछि करार सेवाका कर्मचारीका लागि लिएको परीक्षाको रहस्य खुलेको हो ।

अनेरास्ववियुका सचिव भरत नेपालीले काठमाडौं र जुम्लामा लिइएको दुवै परीक्षा रद्द गरेर नयाँ परीक्षा मिति घोषणा गर्न र परीक्षार्थीलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस