२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम गठबन्धनको बाँडफाँड ५ जिल्लाका १३ क्षेत्रको मात्रै बाँकी

अ+ अ-

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो । अब पाँच जिल्लाका १३ क्षेत्रको मात्रै टुंगो लाग्न बाँकी छ ।

पार्टी एकता संयोजन समितिको बुधबारको बैठकमा एमाले र माओवादी केन्द्रका नेताहरू । बैठकमा क्षेत्र बाँडफाँड कार्यदलका सदस्यहरू पनि सहभागी थिए ।

एमालेले ६८, माओवादी केन्द्रले ३६, स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति संयोजन समितिमा भएको छ । पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए । २१ मंसिरमा दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन हुँदै छ । क्षेत्र बाँडफाँड टुंग्याएर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने एमाले र माओवादी केन्द्रको तयारी छ ।

‘पाँच जिल्लाबाहेक सबै क्षेत्रको टुंगो लागेको छ,’ एमाले नेता तथा कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘टुंगिएका क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाउने गरी अब छलफल अघि बढ्नेछ ।’

टुंगिन बाँकी जिल्लामा झापा र सुनसरीमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दुई/दुई सिट दाबी गरेको छ । उदयपुरमा प्रतिनिधिसभा र प्रदेश सभाको पनि टुंगो लागेको छैन ।

त्यस्तै, चितवन २ र सल्यानमा दुवै दलले प्रतिनिधिसभामा दाबी गरेका छन् । सल्यानको प्रतिनिधिसभा छाड्न तयार भए पनि एमालेले प्रदेश सभाको दुवै सिटमा अडान राखेको छ ।

त्यस्तै, महोत्तरी–१ प्रदेशतर्फको सिट पनि टुंगो लाग्न बाँकी छ । दाङ–२ माओवादीले लिने र प्रदेशमा एमाले नेता शंकर पोखरेलले उम्मेदवारी दिने गरी संयोजन समितिमा समझदारी बनेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । त्यस्तै, दैलेख र सुर्खेतमध्ये एउटा जिल्लामा माओवादी केन्द्रले प्रतिनिधिसभा पाउनुपर्ने अडान कायम राखेको छ । एमालेले भने सल्यान छाड्न तयार रहेको, तर पकड रहेको दुई जिल्लामा प्रतिनिधिसभा आफैँले राख्न पाउनुपर्ने अडान राखिरहेको छ ।

कार्यदलले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको क्षेत्र बाँडफाँड टुंगो लगाएको छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १, ८ र १० लिने, बाँकी सबै एमालेले लिने समझदारी भएको छ ।

त्यस्तै, भक्तपुरका दुवै क्षेत्र र ललितपुरको १ र २ एमालेले र ३ नम्बर क्षेत्र माओवादीले लिने समझदारी भएको नेताहरूले बताए । २ नम्बर प्रदेशमा १६–१६ सिट बराबरी भागबन्डा गर्ने समझदारी भएको छ । तेह्रथुम, धनकुटा, काभ्रे, मकावनपुर, नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बर्दिया, प्युठान र कैलालीका क्षेत्र बाँडफाँड टुंगिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments