आयोग अलमलमा ‘कस्तो छाप्ने मतपत्र’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आयोग अलमलमा ‘कस्तो छाप्ने मतपत्र’


१२ कार्तिक २०७४, आइतबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेहशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै वा एउटै टाप्ने भन्नेमा निर्वचान आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो।

प्रमुख आयुक्त अयोधी प्रसाद यादवले मत्तपत्र छपाइ शुक्रबारदेखि शुरु भइसकेको दाबी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्रमा नयाँ निर्णय लिनुपर्ने व्यवस्था आउन सक्ने भएकाले मतपत्र छाप्न सुरु नगरिएको स्रोतले बतायो।’ नमुना मतपत्र मात्र छापिएको हो’ स्रोतले भन्यो’, शुक्रबारदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षा तर्फको मतपत्र छाप्ने पूरा तयारी गरिएको हो, तर छाप्न थालिएको छैन। सर्वोच्चको आदेशपछि आयोगको नयाँ निर्णयको प्रतीक्षा गरिएको छ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस