परराष्ट्र नीतिमा के हुँदै छ पुनरावलोकन ? प्रतिवेदन बुझाउँदै कार्यदल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्र नीतिमा के हुँदै छ पुनरावलोकन ? प्रतिवेदन बुझाउँदै कार्यदल


१२ कार्तिक २०७४, आइतबार


काठमाडौं । परराष्ट्र नीति पुनरावलोकनका लागि सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदनको अन्तिम मस्यौदा तयार पारेको छ । कार्यदलले अन्तिम मस्यौदा चाँडै बुझाउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले २९ चैतमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको संयोकत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको थियो । महतपछिका परराष्ट्रमन्त्री कृष्णबहादुर महराको कार्यकालमा पनि निरन्तरता पाएको कार्यदलले प्रथम विदेश नीति, गोर्खा भर्ती पुनरावलोकनलगायत विषय प्रतिवेदनमा समेटेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘टास्क फोर्स फर फरेन पोलिसी रिभ्यु अफ नेपाल’ ले एक महिनाअघि नै प्रारम्भिक मस्यौदा सरकारलाई बुझाइसकेको छ । ‘मस्यौदालाई अन्तिम रूप दिएर हामी सरकारलाई चाँडै प्रतिवेदन बुझाउने तयारीमा छौँ,’ कार्यदल सदस्य एवं परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. इन्द्र अधिकारीले भनिन् ।

कार्यदलको चारमहिने कार्यकाल २९ साउनमा सकिएलगत्तै दुई महिना थपिएको थियो । सरकारको म्यान्डेटअनुसार कार्यदलले आर्थिक कूटनीति, सुरक्षा कूटनीति, परराष्ट्र मन्त्रालयको संस्थागत विकास, विदेश नीतिमा राजनीतिक सहमतिलगायतमा सरोकारवाला निकायसँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ ।

कार्यदलमा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य, सुरक्षा तथा परराष्ट्रविद् श्रीधरकुमार खत्री, पूर्वराजदूत डा. ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्वराजदूत डा. शंकर शर्मा, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकार डा. पोषराज पाण्डे, पूर्वराजदूत डा. गणेश गुरुङ, पूर्वराजदूत शम्भुराम सिम्खडा, पूर्वसचिव मोहन बन्जाडे, अवकाश प्राप्त रथी पवनबहादुर पाण्डे, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. इन्द्र अधिकारी, नेपाल विश्व सम्बन्ध परिषद्का प्रतिनिधि डा. राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे थिए । परराष्ट्रसचिव शंकरदास बैरागी कार्यदलका सदस्यसचिव थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस