२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँसुमा डुब्यो तिलाठी

अ+ अ-

राजविराज । धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत‍्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो ।

दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । गाउँमा बिहानैदेखि रुवाबासी छ । पण्डित रमानाथ झाका जेठा छोरा सञ्जित, कान्छा छोरा अञ्जित, सञ्जितकी श्रीमती सिमी, उनका छोरा नौ वर्षीय अभिनवको मृत्यु भएको हो । सञ्जितका कान्छा छोरा तीन वर्षीय प्रतीक झा बेपत्ता छन् । परिवारै दुर्घटनामा परेको खबरले ९० वर्षीय रमानाथ र ८० वर्षीया निर्मला बेहोस छन् । निर्मलालाई सलाइन पानी चढाइएको छ । उनीहरूलाई छोरा, बुहारी र नातिहरू घाइते भएको मात्र जानकारी दिइएको छ ।

यसैगरी, सञ्जितका साला राजविराज–१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौं तहमा कार्यरत थिए भने अञ्जित शिक्षण पेसामा आबद्ध थिए । यसैगरी, बोदे बर्साइन नगरपालिका–३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ । काठमाडौंमा अध्ययनरत उनीहरू सप्तरीको विसनपुर चोकबाट बस चढेका थिए । चतुरनारायण काभ्रेमा शिक्षण पेसामा छन् ।

यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका–४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् । सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज–१३ का ऋषि आनन्द देव, बोदे बर्साइन–२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन–३ की मानवी यादव, बोदे बर्साइन–२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज–१४ का आदित्य झा, बसका सहचालक राजविराज–१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो–३ का रामानन्द यादव, महदेवा–९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संयुक्त रात्रिबस बुकिङ काउन्टर राजविराजका दिनेश गुप्ताका अनुसार राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्रु बसमा सवार थिए । ३१ सिट क्षमता भएको बसमा ५० जनाभन्दा बढी यात्रु रहेको घाइतेले बताएका छन् । बुकिङ काउन्टरबाट ३२ जनाको टिकट काटिए पनि बीच बाटोबाट दुई दर्जनभन्दा बढी यात्रु चढाएको र तीव्र गतिका कारण दुर्घटना भएको घाइते राजविराजका सुरेन्द्र यादवले बताए आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments