२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष चालक नहुँदा दुर्घटना : ४० हजार दक्ष चालक आवश्यक

अ+ अ-

काठमाडौं । लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ ।

लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो ।

तर, अहिले एउटै चालकले गन्तव्यसम्म पुर्‍याउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित पुर्‍याउने व्यवस्था अहिले कार्यान्वयनमा छैन ।

दक्ष चालक अभाव हुनुमा दुई प्रकारका कारक तत्व भेटिएको छ । राजनीतिक अस्थिरताका कारण दक्ष चालक वैदेशिक रोजगारमा पलायन हुनु र नयाँ दक्ष चालक उत्पादन गर्ने कामतर्फ राज्यको ध्यान जान नसक्नु । ‘राज्यले दक्ष चालक उत्पादन गर्न चासो नदेखाउँदा शनिबार राजविराजबाट आएको बस दुर्घटनामा पर्‍यो । पाँच वर्षयता ठूला गाडीको चालक अनुमतिपत्र दिने काम पूर्णरूपमा ठप्प छ ।
हामीले अनुमतिपत्र दिने सुविधा खुला गर भन्दै आयौं तर सरकार आँखा चिम्लेर बसेको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शनिबार भने।

चालकको अभावमा बाध्य भएर एउटै चालकको भरमा बस चलाउँदै आएको उनले बताए । ‘चालक पनि मानव नै हो, थकित भएर आँखा लाग्न सक्छ’, उनले भने । यस्ता दुर्घटनामा यातायात व्यवसायीभन्दा सरकार बढी दोषी रहेको महासंघको आरोप छ । महासंघका अनुसार अहिले देशभरबाट करिब ६० हजार दक्ष चालक वैदेशिक रोजगारमा पलायन भएका छन् । तत्कालै ४० हजार हाराहारीमा लामो दूरीका सवारीसाधनमा दक्ष चालकको माग छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments