धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


११ कार्तिक २०७४, शनिबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान सप्तरी जिल्लाको राजविराजबाट काठमाडौँतर्फ आइरहेको ना. ६ ख १४६७ नंको बस धादिङको गजुरी नजिक बाङ्गेमोडमा दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिदै सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस