२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले–माओवादी केन्द्रबीच एकतामा चुनौती

अ+ अ-

काठमाडौं । नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनले पुनः तताएको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने यी दलको समझदारी र घोषणाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत ध्यान तानेको छ । वाम गठबन्धन बनेसँगै नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन खडा गर्दै मुलुकमा वामपन्थी हाबी भएमा लोकतन्त्रमा खतरा उत्पन्न हुने चेतावनी दिन थालेको छ । जवाफमा प्रमुख वाम पार्टीहरूले आफूहरू मुलुकलाई स्थायित्व, सुशासन र समृद्धिका लागि एकता र तालमेलमा उत्रिएको जनाउँदै आएको छ ।

नेपालमा माक्र्स र लेनीनको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेता तहमा भएको पार्टी एकताको समझदारी निर्वाचनपछि के हो भन्ने चासो ती पार्टीकै कतिपय नेता, कार्यकर्ता र शुभेच्छुकमा उत्पन्न भएको छ । कतिपयले यो चुनावी एकता मात्र हो भन्ने ठानेका छन् भने कतिपय पार्टी एकता रोकिन नसक्ने औँल्याउन थालेका छन् ।

एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकारले दिने जनाउँदै आएका छन् ।

एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले शनिबार ताप्लेजुङमा आयोजित चुवानी सभामा आफूहरू अब कम्युनिष्ट पार्टीको नामको पछाडि कोष्टकमा रहेको नाम (पुच्छर) हटाई नेपाल कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुटेको बताए ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ मा नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएकामा निर्वाचनको उम्मेदवारी बाँडफाँडमा विवाद भएपछि नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनमा सामेल हुन पुग्यो । राष्ट्रिय जनमोर्चा भने एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलमा जोडिएका छन् ।

एमाले र केन्द्रको पार्टी एकीकरण गर्नेलगायत छबुँदे अन्य साना वाम दल र प्रगतिशील शक्तिलाई पनि सामेल गराउने घोषणा थियो । त्यसलाई पछ्याउँदै नेकपा (संयुक्त) माओवादी केन्द्रमा समाहित भएको छ भने नेकपा (माले) को ठूलो समूह एमालेमा एकीकृत भएको छ । तर नेपाल मजदुर किसान पार्टीले कुनै पनि गठबन्धनमा सामेल नहुने निर्णय गरेको छ भने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमाले र माओवादी केन्द्रको सहयात्राले समाजवादी क्रान्ति पूरा नहुने प्रतिक्रिया दिएका छन् ।

एकता संयोजन समतिले पार्टीको नेपाली क्रान्तिको सिद्धान्त विकसित गर्न, साझा विधान र दस्तावेज बनाउन अलग्गै संयुक्त कार्यदल गठन गर्ने तथा एकता नभएसम्म सबै पक्षले नकारात्मक आलोचना नगरी स्वच्छ वैचारिक बहस गर्न पाउने दुई दलको सहमति छ ।

चुनावी तालमेलको सहमतिअनुसार अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ । सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने यी दलको प्रयास भने प्राविधिकरुपमा असम्भव भएको छ ।

एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ पार्टी एकता र चुनावी तालमेलको सन्देश दिन जिल्ला, गाउँ र वडा तहसम्म संयुक्त परिचालन एवं संयोजन समिति गठनको कार्य प्रारम्भ भएको बताए । उनले जनताको चाहना वामपन्थीहरूको नेतृत्व र त्यसपछिको समृद्धि भएकाले त्यो जिम्मेवारी आफूहरूले पूरा गर्ने उल्लेख गरे ।

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने चुनावलगत्तै एकता हुनेमा विश्वस्त छन् । न्यौपानेले भने, ‘आफ्ना आफ्ना पार्टीभित्रको व्यवस्थापन त जटिल विषय बनेको छ भने एकतामा पुग्न मिलाउन पर्ने अन्य विषय बाँकी नै छन् ।’

0 Comments