प्रधानसेनापतिद्वारा महावीर रेञ्जर रेजिमेन्टलाई निशान झण्डा प्रदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानसेनापतिद्वारा महावीर रेञ्जर रेजिमेन्टलाई निशान झण्डा प्रदान


११ कार्तिक २०७४, शनिबार


काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्टलाई एक विशेष समारोहका बीच निशान झण्डा प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख २९ गतेको निर्णय अनुसार नेपाली सेनाको संशोधित पुनर्ढाँचा अनुरुप तत्कालिन महावीर गण (रेञ्जर) लाई महावीर रेञ्जर रेजिमेन्टमा स्तरोन्नति गरी उक्त रेजिमेन्ट अन्तर्गत दुई वटा रेञ्जर गण (पहिलो र दोस्रो रेन्जर गण) खडा गरिएको थियो ।

समारोहमा प्रधानसेनापति क्षत्रीले सम्बोधन गर्दै नेपाली सेनाको पहिलो अपरेशनल रेजिमेन्टको स्थापनासँगै एक एतिहासिक दिन भएको बताए । नेपाली सेना र अमेरिकी सेनाबीचको द्विपक्षीय सम्बन्ध कालान्तरसम्म रही रहने विश्वास व्यक्त गरे ।

उनले नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुदै आएका विभिन्न संयुक्त तालिमहरुलाई निकट भविश्यमा अझ प्राथमिकतामा राख्नु पर्ने बताए ।

समारोहमा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल, नेपालका लागि अमेरिकी राजदुत अलाइना बी तेप्लिज, रथीहरु, नेपालका लागि बेलायती तथा अमेरिकी सैनिक सहचारी, नेपाली सेनाको अधिकृत, पदिक तथा अन्य दर्जा तथा मित्रराष्ट अमेरिकाका १३ जना सैनिकको समेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस