गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


११ कार्तिक २०७४, शनिबार


यस्तो प्रमाण भेटियो देशको पोस्टमार्टमबाट
टिष्टा काँकडा मिचिएका रहेछन् कलमबाट

बाउबाजेले हलो जोतेरै सरकार पाल्नुभो
हामीले पाल्नु छ अब खाडीको रकमबाट

छोराले सब थोकमा नाकाबन्दी लगाए पनि
आमाले पठाइन बाडुल्की वृद्धाआश्रमबाट

दिनप्रतिदिन यसरी नै सिमाना कुल्चिने हो भने
मेटिनेछ नेपालको नक्सा छिमेकीको कदमबाट

तिमी आयौ र त्यहीँ ठाउमा कोट्याएर हिँड्यौ
म तड्पीरहेको बेला पुरानो जखमबाट

Tags :
प्रतिक्रिया दिनुहोस