गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


११ कार्तिक २०७४, शनिबार


हो रेलले त बाटो मिच्न सक्दैन
तर मान्छे लिगमा हिँड्न सक्दैन ।

जर्किनको सुरा खपत हुन्छ छिनमै
ठेकीको दही, सहज बिक्न सक्दैन ।

भन्न त भन्छ ऊ टिप्छु तारा र जून
बारीको जुनेलो तर टिप्न सक्दैन ।

चाहँदो हो औंशीले झलमल्ल बल्न त
पूर्णिमा अहँ कहिल्यै निभ्न सक्दैन ।

भ्यागुतो झैं बुरुक् बुरुक् हुन्छ ‘ग्वालटारे’
कौशलटार छाडी ग्वालटार फिर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस