कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगियो, को–कहाँबाट लड्दै ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगियो, को–कहाँबाट लड्दै ?


१० कार्तिक २०७४, शुक्रबार


काठमाडौं । कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुरा, नेता रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री डा. शशांक कोइराला नवलपुर १, विजयकुमार गच्छदार सुनसरी ३ बाट निर्वाचन लड्ने भएका छन् । कांग्रेसले टुंग्याएका उम्मेदवारमध्ये गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की समानुपातिकबाट सांसद भएपछि यसपटक प्रत्यक्षमा निर्वाचन लड्न लागेका हुन् ।

यसअघि नरहरि आचार्यले जित्दै आएको काठमाडौं ५ मा कांग्रेसले डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आचार्य स्वास्थ्यका कारण निर्वाचन लड्न तयार नभएपछि कांग्रेसले महतलाई उम्मेदवार बनाएको हो । वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल सो क्षेत्रबाट निर्वाचन लड्दै छन् ।

को–कहाँबाट लड्दै ?

– शेरबहादुर देउवा डडेल्धुरा
– रामचन्द्र पौडेल तनहुँ १
– डा. शशांक कोइराला नवलपुर १
– प्रकाशमान सिंह काठमाडौं १
– गोपालमान श्रेष्ठ स्याङ्जा २
– विमलेन्द्र निधि धनुषा ३
– विजयकुमार गच्छदार सुनसरी ३
– डा. शेखर कोइराला मोरङ ६
– पूर्णबहादुर खड्का सुर्खेत १
– महेश आचार्य मोरङ ४
– गगन थापा काठमाडौं ४
– ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४
– नवीन्द्रराज जोशी काठमाडौं ८
– डा. नारायण खड्का उदयपुर २
– डा. मीनेन्द्र रिजाल मोरङ २
– डा. प्रकाशशरण महत काठमाडौं ५
– फरमुल्लाह मन्सुर बारा ३
– एनपी साउद कञ्चनपुर २
– रमेश रिजाल पर्सा ४
– अर्जुनप्रसाद जोशी पर्वत
– रमेश लेखक कञ्चनपुर ३
– नारायण कार्की उदयपुर २, आजको नयाँ पत्रिकामा दैनिक खबर छ ।

प्रतिक्रिया दिनुहोस