यसरी हटाउन सकिन्छ अनुहारको चायापोतो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यसरी हटाउन सकिन्छ अनुहारको चायापोतो


१० कार्तिक २०७४, शुक्रबार


सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल नगर्दा शरीरमा अनेक समस्या देखिने गरिएको छ । अहिले थुप्रै मानिस अनुहारमा चायापोतो देखिने समस्याबाट पनि पीडित छन् ।

उपचारका लागि कतिपयले बजारमा पाइने विभिन्न क्रिम र औषधी प्रयोग गरिरहेका देखिन्छन् । यसले उनीहरूको समय र पैसा खर्च हुने मात्र होइन, स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ ।

तर, अब घरमै फेसप्याक बनाएर अनुहारको चायापोतो हटाउन सकिन्छ । अनुहारमा चायापोतोको समस्याबाट हैरान भएकाहरूका लागि ब्युटिसियन निरुले घरेलु फेसप्याक बनाउने तथा लगाउने विधि र आवश्यक सामग्रीबारे लेखेकी छिन् ।

फेसप्याक बनाउन आवश्यक सामग्री

–  १/२ चिया चम्चा– मुल्टानी माटो

–  १/२ चम्चा– जायफलको धुलो

–  १ पिस– भिटामीन ‘इ’ क्याप्सुल

–  १/२ चम्चा– मह

–  २ चिम्टी– बेसार

फेसप्याक बनाउने र प्रयोग गर्ने विधि

यि सबै सामग्रीलाई एउटा प्लाष्टिक वा सिसाको बलमा राख्नुस् । पानी वा दुध राखेर राम्रोसँग फिटेर पेस्ट बनाउनुस् । यसरी तयार पारिएको पेस्टलाई राति सुत्नुअघि अनुहारलाई सफा गरेर नियमितरूपमा लगाउनुस् । यसलाई १० देखि १५ मिनेटसम्म राख्नुस् । त्यसपछि सफा पानीले धुनुस् । हल्का हातले मोश्चराइजिङ क्रिम लगाउनुस् । केही दिनमै अनुहारमा भएको चायापोतो हराउँदै जानेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस