राजधानीलगायत देशका पहाडी जिल्लामा चिसो बढेको छ । चिसोले विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले खानपान र स्वास्थ्यमा ध्यान दिन चिकित्सकले सुझाएका छन् । उनीहरूका अनुसार चिसोमा वृद्धवृद्धा र बालबालिकामा रोग संक्रमण हुने जोखिम बढी हुन्छ । चिसोयाममा रुघाखोकी लाग्ने, दम बढ्ने जोखिम बढी हुने चिकित्सक बताउँछन् ।
चिसो मौसममा देखिने केही रोग
– मौसमी फ्लू
– रुघाखोकी
– छाला फुस्रो हुने
– टाउको दुख्ने
– ह्दयघात
– दम बढ्ने
– जोर्नी दुख्ने
चिसोका रोगबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्ने चिकित्सक सुझाउँछन् ।
– चिसो समयमा चिसोबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । तसर्थ रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खाने ।
– जाडोमा पर्याप्त आराम गर्ने र बेलाबेला घाम ताप्ने ।
– चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ । सुख्खा छाला फुट्ने गर्छ । तसर्थ प्रशस्त पानी पिउने र मोस्चराइजरस क्रिम लगाउने ।
– जाडो महिनामा शरीरका रक्तनली साँघुरिने हुनाले मुटुरोगको जोखिम बढ्छ । त्यसैले मुटुका बिरामीले कठिन शारीरिक काम नगर्ने ।
– जाडो मौसममा पर्याप्त न्यानो कपडा लगाउने ।
– चिसोमा विभिन्न खाले सरूवा रोगको खतरा बढी हुन्छ । त्यसैले सरसफाइमा विशेष ध्यान दिने ।
– पर्याप्त शारीरिक अभ्यास गर्ने ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउन कम्तीमा ६ घण्टा सुत्ने ।