दुर्घटनामा एकजनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा एकजनाको मृत्यु


९ कार्तिक २०७४, बिहिबार


बस दुर्घटना

काठमाडौं । वसुन्धारामा बस र ट्याक्सीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

बा३ख ९६९० नं.को यात्रुबाहक बस र बा१ज ३८०८ नं.को ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो ।

बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको थियो । महोत्तरीका उद्धव पौडेल र अर्को नाम नखुलेका व्यक्ति घाइते भएका छन् ।

घाइतेको ग्रिन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस