चुनावी तालमेल टुंग्याउने गृहकार्यमा कांग्रेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चुनावी तालमेल टुंग्याउने गृहकार्यमा कांग्रेस


९ कार्तिक २०७४, बिहिबार


काठमाडौं । प्रमुख सत्तारुढ दल कांग्रेस सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका दलहरूसँग दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने भएको छ । सरकारमा सहभागी राप्रपा र राप्रपा प्रजातान्त्रिक तथा सरकारलाई समर्थन गरेका राजपा र संघीय फोरमसँग कसरी तालमेल गर्ने विषयमा कांग्रेस संसदीय समिति बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धननिकटका दलहरूसँग कहाँ–कहाँ पार्टीले सहयोग माग्ने र कहाँ–कहाँ उनीहरूलाई सहयोग गर्ने भन्ने विषयमा सम्बन्धित पार्टीका प्रतिनिधिसँग बसेर टुंग्याउने निष्कर्ष निस्किएकोे कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले जानकारी दिए ।

‘२१ मंसिरमा दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सत्तासाझेदार र समर्थक दलसँग पार्टीले कहाँ–कहाँ सहयोग माग्ने र कहाँ–कहाँ सहयोग गर्ने भन्ने विषय सम्बन्धित पार्टी प्रतिनिधिसँग बसेर टुंग्याउने सहमति बनेको छ,’ खाणले भने, ‘कार्यदलका सदस्यहरूलाई सिट संख्या मिलाउने गरी छलफल अघि बढाउन बैठकले निर्देशन दिएको छ ।’ पहिलो चरणको निर्वाचनमा पनि कांग्रेसले केही स्थानमा सत्तासाझेदारहरूसँगको तालमेलमा उम्मेदवारी दर्ता गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस