२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिटसेवाका सञ्चालक पक्राउ

अ+ अ-

काठमाडौं । नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो । उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ । बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन् ।

सिआइबीले उनीहरूलाई एक महिनादेखि खोजिरहेको थियो । बिटसेवाले बिटक्वाइन तथा अन्य अल्टरनेटिभ क्वाइनहरू इथेरियम, लिटक्वाइन, ड्यासलगायत दर्जनौँ क्रिप्टोकरेन्सीको एक्सचेन्ज सेवा प्रदान गरिरहेको थियो । बिटसेवाले क्वाइनहरूको किनबेचमा १ प्रतिशत कमिसन लिने गरेको थियो । सिआइबीले गत २० असोजमा अवैध क्रिप्टोकरेन्सीका सातजनालाई पक्राउ गरेपछि बिटसेवाले आफ्नो कारोबार बन्द गरेर सर्भरका तथ्यांकसमेत मेटाएको थियो ।

‘क’ वर्गको वाणिज्य बैंककै खाता प्रयोग गरेर नेपालमा अवैध बिटक्वाइन कारोबार हुने गरेको खुलेको छ । नेपालमा बिटक्वाइनको आधिकारिक एक्सचेन्ज बिटसेवा प्रालिले नेपाल क्रेडिट एन्ड कमर्स ९एनसिसी० लगायत केही बैंकमा खाता खोली सो खातामार्फत बिटक्वाइन कारोबार सञ्चालन गरेको खुलेको हो । बिटक्वाइन कारोबारीले नेपाल क्रेडिट एन्ड कमर्स बैंक ९एनसिसी बैंक०, नबिल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, जनता बैंक, मेगा बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकमा रहेको विभिन्न व्यक्तिको खातामार्फत कारोबार गरेका छन् ।

ती बैंकमा रहेका खातामा बिटक्वाइन कारोबारीले इसेवामार्फत रकम पठाउने र प्राप्त गर्ने गरेका थिए । यसबारेमा जिज्ञासा राख्दा एनसिसी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेवन्तकुमार दाहालले आफ्नो बैंकमा बिटसेवाको खाता रहेको स्वीकार गरे । ‘हाम्रो बैंकमा बिटसेवाको कारोबार रहेको पत्ता लागेको छ । तर, त्यो खाता कसरी खुल्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । बिटसेवाको खाता बैंकमा रहेकोबारेमा नेपाल राष्ट्र बैंकले पनि सोधेको उनले जानकारी दिए । सो कम्पनीले अवैधानिक बिटक्वाइन कारोबार गर्छ भन्ने जानकारी बैंकका कर्मचारीलाई नभएर खाता खुलेको हुन सक्ने उनले बताए ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अन्य उद्देश्य राखेर दर्ता भएको कम्पनीले झुक्याएर बैंकहरूमा खाता खोलेको हुन सक्ने बताए । ‘त्यस्ता कम्पनीले बिटक्वाइन कारोबार गरेको भए त्यो गम्भीर बैंकिङ ठगी हो, यसमा प्रहरी प्रशासन र राष्ट्र बैंकले तत्काल अनुसन्धान गर्नुपर्छ, त्यसमा सहयोग गर्न हामी तयार छौँ,’ उनले भने । आफ्नो बैंकमा बिटसेवाको खाता नभएको र व्यक्तिको खाता भए–नभएको विषयमा अनुसन्धान गरिरहेको उनले बताए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने आफ्नो बैंकमा बिटसेवाको खाता नभएको, तर कुनै सञ्चालकको भएको भए त्यो अनुसन्धानपछि खुल्ने बताए । कुमारी बैंकका सञ्चार अधिकृत राजेश श्रेष्ठले आफ्नो बैंकमा बिटसेवाको खाता नरहेको बताए । ग्लोबल आइएमई बैंक, मेगा बैंक, जनता बैंकले पनि आफ्नो बैंकमा बिटसेवाको खाता नरहेको जनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments