२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तामाकोसी तेस्रो पनि बिनाप्रतिस्पर्धा

अ+ अ-

काठमाडौं । राजनीतिक दलका ध्यान आमनिर्वाचनमा केन्द्रित भएका बेला ऊर्जा मन्त्रालयले सम्पूर्ण अध्ययन भइसकेको ६५० मेगावाटको तामाकोसी तेस्रो (अर्ध जलाशययुक्त) आयोजना बिनाप्रतिस्पर्धा रातारात एउटा कम्पनीलाई सुटुक्क दिएको छ। लगानी बोर्डले प्रतिस्पर्धामार्फत आयोजना विकास गराउने तयारी गरिरहेको अवस्थाबीच ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङ कम्पनीलाई ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बिनाविभागीय मन्त्रीमा रूपान्तरण भएपछि सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) दिएको हो।

नर्वेको एसएन पावरले वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार गरी अध्ययन पूरा गरेको तामाकोसी तेस्रोबाट ०७२ पुस २८ गते हात झिकेपछि यो आयोजना लगानी बोर्ड मातहतमा आएको थियो । लगानी बोर्ड ऐन, २०६४ ले ५ सय मेगावाट भन्दामाथिका जलविद्युत् आयोजनाको बन्दोबस्ती बोर्डले गर्ने प्रावधान छ । लगानी बोर्डले प्रतिस्पर्धामार्फत यो आयोजना निर्माण गर्न आवश्यक प्रक्रिया र कागजात तयारी गरिरहेको र ‘मोडालिटी’ सम्बन्धी ऊर्जा मन्त्रालयको राय परामर्शका लागि पत्राचार गरेको बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए ।

उनले बोर्डको पत्रको कुनै औपचारिक चासो नदिएको मन्त्रालयले बुधबार एकाएक टीबीआई होल्डिङलाई लाइसेन्स दिइएको बोधार्थ आफूकहाँ प्राप्त भएको बताए । उनका अनुसार गत माघमा बोर्डले काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनपछि तामाकोसी तेस्रोमा लगानी गर्न विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त १० वटा कम्पनीले प्रस्ताव गरेका थिए । बुधबार मात्रै जापानकै कान्साई भन्ने कम्पनीले समेत यो आयोजनामा चासो देखाएको थियो ।
‘हामी (बोर्ड) प्रतिस्पर्धा गराएर राज्यलाई समेत फाइदा पुर्‍याउने, आयोजना होल्ड हुन नदिन अनुभवी र आर्थिक तथा वित्तीय रूपले सक्षम कम्पनीबीच प्रतिस्पर्धा गराउनका लागि डकुमेन्ट बनाउँदै थियौं’, अधिकारीले भने, ‘गत माघमै ऊर्जा मन्त्रालयलाई प्रतिस्पर्धाको मोडालिटीसम्बन्धी जानकारी पनि दिएका थियौं, मन्त्रालयले कुनै वास्ता गरेन।’

प्रधानमन्त्रीले अध्यक्षता गरेको लगानी बोर्डको २५ औं बैठकले तामाकोसी तेस्रो प्रतिस्पर्धा गराई निर्माण गर्ने निर्णय गरेको थियो। बोर्डले प्रतिस्पर्धासम्बन्धी राय सुझावका लागि ऊर्जा मन्त्रालयलाई पत्राचार गरेपछि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ‘यो आयोजना बंगलादेशले बनाउने कुरा भइरहेको छ, अहिलेलाई निर्णय नगरौं’ भनेको अधिकारीले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments