गृह सचिव सापकोटाको गृह प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृह सचिव सापकोटाको गृह प्रवेश


८ कार्तिक २०७४, बुधबार


काठमाडौं । गृहसचिव मोहनकृष्ण सापकोटाले आज देखि कार्यभार सम्हालेका छन् । गृहसचिव लोकदर्शन रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेपछि सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।

गृह मन्त्रालयबाटै निजामती प्रवेश गरेका सापकोटा यतिबेला पुनः गृह मन्त्रालयकै सर्वोच्च पद गृह सचिवमा आसिन हुन पुगेका छन् । शान्ति सुरक्षाका दृष्टिले निकै सम्बेदनशिल र महत्वपूर्ण मन्त्रालयका रुपमा रहेको गृह मन्त्रालयको नेतृत्व सम्हालेका सापकोटाले गृह सुधारका लागि कस्ता योजनाहरु ल्याउने छन् भन्ने हेर्नका लागि त केही समय पर्खनै पर्ने हुन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस