२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पप्पुले बनाएको पुल विवादमा

अ+ अ-

काठमाडौं । पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल फेरि भासिएको छ। पप्पुले नै बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल भाँचिएको विषयमा जिम्मेवारी नलिँदै अर्को पुल भासिएको हो। यो कम्पनीले आफूले हस्तन्तरण गरिसकेकाले पुनर्निर्माण नगर्ने र सडक विभागले भने निर्माण गर्नै पर्ने भनेपछि यो पुल कसले निर्माण गर्ने भन्नेमा विवाद सिर्जना भएको छ। पप्पुले आफूले यो पुल पुनर्निर्माण गर्नु नपर्ने दाबी गरिरहेको छ भने सडक विभागले पुनः मर्मत नगरे कारबाही गर्ने चेतावनी दिएको छ।

लालबैयाको पुल भदौको बाढीकै बेला भासिए पनि स्थलगत अध्ययन ढिलो हुँदा एउटा स्पान दबिएको जानकारी हालै मात्र प्राप्त भएको हो। सडक विभागको टोलीले स्थलगत अध्ययन गरी कसको कमजोरीले पुल दबेको हो भन्ने निष्कर्ष निकाल्न बाँकी रहेको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘रौतहटकै कटहरियाबाट पश्चिम जाने सडकमा बनेको २४० मिटरको यो पुलको पश्चिमतर्फको एउटा पिलर २० सेन्टिमिटर दबेको छ’, विभागको चन्द्रहनिगाहपुरका डिभिजन प्रमुख सुमन योगेशले अन्नपूर्णसँग भने। यो पुलको पूर्वतर्फको एउटा पिलर करिब ४० सेन्टिमिटर भासिँदा ठेकेदार कम्पनीले नै बनाएको थियो। अहिले पनि सोही पुल भासिएका कारण कसको कमजोरी भयो र अब दायित्व कसको भन्नेमा विभागको स्थलगत अध्ययनपछि मात्र भन्न सकिने योगेशको भनाइ छ।

भासिएको पिलर १५÷२० लाख रुपैयाँ खर्च गरी मर्मत गर्न सकिन्छ। पिलर पूरै बनाउनुपर्दा एक करोड रुपैयाँ खर्च हुन सक्ने जनाइएको छ। भदौमा बाढीका बेला पानीको बहाव बढी भएर पुलको एउटा पिलर भासिएको थियो। पुल अगाडिको करिब चार सय मिटर सडक बाढीले बगाउँदा पुलको भने एउटा पिलरमा मात्र ‘सानो समस्याु देखिनुले पनि कसले बनाउने भन्ने स्थलगत निरीक्षणबाट मात्र भन्न सकिने जानकारी उनले दिए।

जब्दीघाट पुलमा भने ठेकेदारकै कमजोरी औल्याउँदै यसलाई नै पुनर्निर्माण गर्न सडक विभिजन कार्यालय नेपालगन्जले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ। डिभिजनले साउन २८ को बाढीले क्षति पुर्‍याएको भए पनि निर्माण कम्पनीकै कमजोरी औल्याउँदै यथाशक्य छिटो पुल निर्माण गर्न भनेको हो। पप्पुले हस्तान्तरण नगर्दै भाँचिएकाले पुल निर्माण नगरे कानुनी कारबाही गर्ने र कालोसूचीमा राख्नेसम्मको चेतावनी डिभिजनले दिएको छ।

पप्पुका अध्यक्ष हरिनारायण रौनियारले भने लालबकैयामा पुल नभासिएको दाबी गरे । उनले भने, ‘अहिलेसम्म रौतहटमा बनाएका कुनै पनि पुल भासिएका छैनन् ।’ लालबैयाको पुल निर्माण गरिसकेको जानकारी उनले दिए। सडक विभागका महानिर्देशक गोपाल सिग्देलले भने पप्पुले जब्दीघाटको पुल निर्माण गर्नेपर्ने नत्र कारबाही हुने दाबी गरे । उनले यसले बनाएका हालसम्मका पुलको अवस्था, निर्माणमा ढिलाइ हुनुको कारण र निर्माणाधीनको पुल सक्ने पूर्ण योजना पनि माग गरेको जानकारी दिए । आवको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments