२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

अ+ अ-

काठमाडौं । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो।

स्वागतसँगै जन्ती खानपिनमा लागे । अभिभावक निकाह (बिहे)को तयारीमा लागे । सम्पूर्ण रूपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो । त्यही वेला फिल्मी शैलीमा ‘यो बिहे हुन सक्दैन’ भन्दै प्रहरी पुग्यो । समारोहमा अचानक बिघ्न उत्पन्न भएपछि सबैजना अत्तालिए ।

प्रहरीले अभिभावकलाई सोधे, ‘बेहुलीको उमेर कति हो ?’ अभिभावकले सुरुमा आनाकानी गरे पनि खुलासा गर्न बाध्य भए, ‘बेहुलीको उमेर १४ वर्ष मात्रै छ ।’ उमेर नपुगेकी बालिकाको बिहे गर्न पाइँदैन, अभिभावक र साक्षीलाई समेत मुद्दा लाग्छ भनेर प्रहरीले ठुल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरूको भागाभाग भयो । बेहुलीपक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुँदै भाग्न थाले । ५० लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो । तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन ।

घरछेउकै मेरी चिल्ड्रेन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत बालिकालाई बिहे गर्न आएका बिहार मधुवनीका मोहम्मद आशिफ एकवाल भने ३० वर्षका छन् ।

स्थानीयका अनुसार जन्तीको स्वागतका लागि मात्रै १० लाख खर्च भएको छ । जन्तीलाई खुवाउन ८ वटा खसी काटिएको थियो । करिब २ लाखको मण्डप सजाइएको थियो । दाइजोको रूपमा बेहुलालाई दिन करिब ४० लाखबराबरको कार किनिएको थियो । बालिकाको बिहे गराउन खोजेकोमा अभिभावकलाई अहिले पनि पछुतो छैन । बरु बिहेका लागि भएको खर्च खेर गएकोमा भने उनीहरू दुःखी छन् । उनले भने, ‘विवाहका सबै सामान बर्बाद भएका छन् ।’

नाबालिक छोरीको बिहे आयोजना गर्ने बाबुआमा आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा प्रतिष्ठित मानिन्छन् । आमा अमिना खातुन राप्रपाकी नेतृ हुन् । गत निर्वाचनमा लाहान नगरपालिकाबाट उपमेयरमा उम्मेदवार बनेकी उनी तीन हजार १९७ मत ल्याएर चौथो भएकी थिइन् ।

त्यस्तै बाबु मोहम्मद ताहिर पनि दोस्रो संविधानसभा निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट सिरहा–१ बाट उम्मेदवार बनेका थिए । उनीहरू जग्गा कारोबारमा समेत छन् ।

इलाका प्रहरी कार्यालय लाहानका प्रमुख नरेशराज सुवेदीले नाबालिकाको बिहे हुन थालेको सूचनाका आधारमा हस्तक्षेप गरेको बताए । ‘अवैध र अमानवीय यस्तो कार्यमा सहभागी हुन कारजिप चढेर तीन सय मान्छे आएको देख्दा हामी पनि चकित परेका छौँ,’ उनले भने । प्रहरी नायब उपरीक्षक सुवेदीले मंगलबार बिहान बालिका र बुबा ताहिर अन्सारीलाई इलाका प्रहरी कार्यालय लाहानमा हाजिर गराएर चेतावनीसहित छोडेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments