थप ९ सचिवको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप ९ सचिवको सरुवा


८ कार्तिक २०७४, बुधबार


काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका ९ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ६ सचिवको सरुवा गरेको भोलिपल्टै थप सात जनालाई हेरफेर गरिएको हो । सोमबारको बैठकको माइन्युटमा राखी थप सचिवको सरुवा गरिएको हो ।

सचिवहरू सञ्चार मन्त्रालयका महेन्द्र गुरुङ र महिला, बालबालिका तथा समाज कल्याणका प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तथा सूचना आयोगकी यामकुमारी खतिवडालाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवहरू रामकुमार आचार्यलाई महालेखा नियन्त्रकको कार्यालय, केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा, ङइन्द्रप्रसाद उपाध्यायलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा, उद्योगका शंकर कोइरालालाई सामान्य प्रशासन मन्त्रालयमा, खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा तथा रेश्मीराज पाण्डेलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा सारिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस