कार्यालय प्रमुख बिदा बस्न नपाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यालय प्रमुख बिदा बस्न नपाउने


७ कार्तिक २०७४, मंगलबार


बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ ।

सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

यस्तै सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ । रासस

प्रतिक्रिया दिनुहोस