२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय सवारीका लागि चार्जर स्टेसन

अ+ अ-

काठमाडौं । तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले विश्वभरि लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्दै पेट्रोलियम पदार्थको निर्भरतालाई कम गर्न प्राधिकरणले ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको बताए ।

राज्य र जनस्तरबाट समेत पेट्रोलियम पदार्थको भरपर्दो विकल्पको रूपमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगका लागि सशक्त रूपामा पहल हुनुपर्ने बताउँदै उनले यस योजनालाई राज्यले नीतिगत रूपमा नै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड र्दिए ।

उनका अनुसार पेट्रोल पम्पजस्तै विभिन्न ठाउँमा सहज रूपमा निर्माण गर्न सकिने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माणका लागि गृहकार्य र प्रक्रिया अगाडि बढाइसकिएको छ । सुरुमा काठमाडौंका विभिन्न स्थानमा यो चार्जर सेन्टर स्थापना गर्ने सोच प्राधिकरणको रहेको बताउँदै उनले पहिलो चार्जर स्टेसन काठमाडौंको रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा निर्माण गरिने जानकारी दिए । काठमाडौंपछि विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, नेपालगन्जमा यो स्टेसन निर्माण गरिने छ ।

साधारण चार्जर प्रविधिले एउटा कार चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्नेछ । प्रस्तावित ‘हाई भोल्टेज चार्जर स्टेसन’ बाट एउटा विद्युतीय कार चार्ज गर्न बढीमा आधा घण्टा लाग्न सक्ने छ । प्रस्तावित चार्जर स्टेसनबाट सुरुमा केही समयका लागि निःशुल्क सेवा प्रदान गरिनेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै वर्ष निर्माण सम्पन्न भएसँगै अबको डेढ वर्षपछि रातिको समयमा र वर्षायाममा दिनमा समेत बिजुली बढी हुने भएको बताउँदै उहाँले विद्युत् उत्पादनको उपयोग र पेट्रोलिय पदार्थमा हुने अर्बौं रुपियाँको वार्षिक आयातलाई कम गर्न प्राधिकरणले यो नीति ल्याएको उनले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

0 Comments