घुम्टो र साडीमै सुमित्राले पूरा गरिन् दौड र पुसअप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुम्टो र साडीमै सुमित्राले पूरा गरिन् दौड र पुसअप


७ कार्तिक २०७४, मंगलबार


काठमाडौं । महिला त्यसमा पनि दलित । सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए । गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान् भन्ने होइन, सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता छ ।

उनले महोत्तरी सदरमुकाम जलेश्वरमा म्यादी प्रहरीका लागि आवेदन दिइन् । ४६७० नम्बरको प्रवेशपत्र बोकेर सोमबार शारीरिक परीक्षा दिन पुगेकी सुमित्रासँग प्रतिष्पर्धा गर्न आठ हजार ९ सय ५८ प्रतियोगी भेला भइसकेका थिए । तर, जब तीन सन्तानकी आमा सुमित्रा साडीसँगै घुम्टो ओढेर कुद्न थालिन, भुसतिघ्रे युवाहरु पनि हस्याङफस्याङ गर्दै उनलाई पछ्याउन बाध्य भए ।

दौड मात्र होइन, पुसअपलगायत परीक्षामा पनि धेरै युवा फेल भए, सुमित्रा पास भइन् । अब लिखित र अन्तवार्तामा राम्रो गर्न सके उनी नयाँ संविधानपछिको पहिलो संसदीय निर्वाचनमा सुरक्षाकर्मीको रूपमा तैनाथ हुनेछिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस