२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराका मान्छे निल्ने नाली !

अ+ अ-

पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ ।

नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन् । उनको मोटरसाइकल भने केआइसिंह पुलनजिक फेला परेको थियो । ‘नालीको ढक्कन उघारेर हेर्दा मोटरसाइकल फेला पर्‍यो, मान्छे भेटिएन’, पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यले भने । प्रहरीले प्राविधिकको सहयोगमा मोटरसाइकल बाहिर निकालेको थियो । बेपत्ताको आइतबार र सोमबार प्रहरीले खोजी गरेको थियो।

वडाध्यक्ष आचार्यका अनुसार लामाचौरभन्दा तीन किलोमिटर टाढाको पुरन्चौर भुनपुरे गाउँदेखिको पानी आउने नालीमा पुनद्वय खसेका थिए । ‘पानी पर्दा त्यो नाली नदीजस्तो हुन्थ्यो’, उनले भने, ‘१२–१५ वर्षअघि नै सडक विभागले बनाएको नालीमाथि ढक्कन (स्ल्याब) थिएन ।’ केही तलबाट भने ढक्कनले छोपिएको हुँदा केआइसिंह पुलनजिक उघार्न मिल्ने ढक्कन लगाएको ठाउँ खोलेर हेर्दा मोटरसाइकल भेटिएको उनले सुनाए ।

‘पोखराका नाली सबै असुरक्षित छन् । कि साँघुरा र साना छन् कि त खुला छन् । लामाचौरमा असुरक्षाकै कारण त्यो दुर्घटना भयो ।’ मानबहादुर जीसी, मेयर, पोखरा–लेखनाथ महानगरपालिका नाली सेती नदीमा मिसिएकाले बेपत्ताको खोजी कार्य कठिन बनेको छ । नालीमा ढक्कन भए पुन बेपत्ता हुँदैनथे । बाटुलेचौरको नालीमा पनि ढक्कन नहुँदा गत वर्ष गण्डकी बोर्डिङ स्कुलका प्रशासक कृष्ण थापा खसेर बगेका थिए । उनको भोलिपल्ट शव फेला परेको थियो ।

यस वर्ष राजधानीको सामाखुसीमा एक बालिका नालीमा खसेर बगेको समाचारले प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गरायो । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशनसमेत दिए । पोखरामा पुन र थापा मात्र होइन, अरूले पनि नालीमा खसेर ज्यान गुमाइसकेका छन् । असोज १ गते बाटुलेचौरका थापाको ज्यान गएको राति नै बिरौटामा स्याङ्जाका गंगाप्रसाद सुवेदी बगेर बिते ।

पोहोर भदौ २२ गते पोखरा–२८ का शूरवीर जीसी मालपोत कार्यालयनजिकै मोटरसाइकलसहित बगेका थिए । उनको पनि निधन भएको थियो । त्यस्तै, सिद्धार्थ चोकमा एक महिला हिँड्दा–हिँड्दै नालीमा खसेकी थिइन् । पछि उनको शव फिर्के खोलामा भेटिएको थियो । मालेपाटनस्थित नहरमा बगेर एक बच्चाको ज्यान गएको थियो । सिसुवाकी शकुन्तला बाँस्तोलाका ९ वर्षीय छोराको पनि नहरकै पानीले ज्यान लियो ।

शनिबार रातिको घटनापछि पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसी स्थलगत निरीक्षणमा पुगे । त्यहाँको नालीमाथि ढक्कन राख्ने योजना मेयर जीसीले सुनाए । स्थानीय जनसहभागितामा ढक्कन राख्ने र नालीमा जम्मा हुने पानीलाई धेरै ठाउँबाट निकास निकाल्ने उनको भनाइ छ । ‘पोखराका नालीहरू सबै असुरक्षित छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments