क्रिर्केट संघ कैलालीको अध्यक्षमा कठायत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्रिर्केट संघ कैलालीको अध्यक्षमा कठायत


६ कार्तिक २०७४, सोमबार


कैलाली । कैलाली जिल्ला क्रिर्केट संघको चौंथो अधिवेशनबाट रतन बहादुर कठायतको अध्यक्षमा १५ सदसीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितीको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ, सचिवमा बिक्रम बिष्ट, कोषाध्यक्षमा हेमराज जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा हरि रेग्मी, सन्जय कुमार पन्त, शम्भु लामिछाने, लोक बहादुर खड्का ‘रवि’, महेश बहादुर बोहरा, दिपेन्द्र कलेल, सचिन गुरुङ्ग, किशन महत, देवनारायण झा र गणेश रजक निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अथिथी सुदूरपश्चिमान्चल खेल्कुद विकास समितिका प्रमुख प्रेम बहादुर मल्लले क्रिर्केट बिदेशमा नेपाललाई चिनाउने प्रमुख खेलहरू मध्य अग्रस्थानमा रहेको बताए ।

कार्यक्रममा बार असोसियसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता प्रयागदत्त भट्ट, संघका पूर्व केन्द्रीय सदस्य धिरेन्द्र साउँद, गणतान्त्रीक खेल्कुद महास्संघ प्रदेश नं. ७ का संयोजक एवम् खेल्कुद विकास समिती कैलालीका पूर्व अध्यक्ष तिलक चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए

संघका उपाध्यक्ष हरि रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन गणेश नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस