मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त


६ कार्तिक २०७४, सोमबार


काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

बैठकले गृह मन्त्रालयमा सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास पाउँदै छन् ।

रेग्मीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी पनि मुख्य सचिवको प्रतिष्पर्धामा थिए । वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मी उनीहरूलाई पछि पार्दै मुलुकको २४ औं मुख्य सचिव हुन सफल भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस