पुनर्निर्माण प्राधिकरण सीईओ गोविन्द पोखरेलको राजीनामा स्विकृत हुँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पुनर्निर्माण प्राधिकरण सीईओ गोविन्द पोखरेलको राजीनामा स्विकृत हुँदै


६ कार्तिक २०७४, सोमबार


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार सरकार समक्ष राजीनामा पत्र बुझाएको बताए ।

पोखरेलको बुझाएको राजीनमा स्विकृत हुने भएको छ। आजको मन्त्रिपरिषद बैठकले उनको राजीनामालाई स्विकृत गर्न लागेको हो।

पोखरेल प्युठानमा कांग्रेसबाट चुनाव लड्ने तयारीमा छन् । उनको राजीनामा पछि सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी समेत गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस