ठमेलका मुख्य सडकमा सवारी निषेध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ठमेलका मुख्य सडकमा सवारी निषेध


६ कार्तिक २०७४, सोमबार


काठमाडौं । पर्यटकीय केन्द्र ठमेलको मुख्य सडकमा सवारी निषेध गरिएको छ । ‘वाकिङ स्ट्रिट’को अवधारणअनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी चलाउन निषेध गरिएको हो । पर्यटन व्यवसायीको अग्रसरतामा ट्राफिक प्रहरीले आइतबार दिउँसोदेखि सवारीसाधन निषेध गरेको हो ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार ठमेल छिर्ने मुख्य चार चोकबाट सवारी रोकिएको छ । नर्सिङचोक, सातघुम्ती, जेपी स्कुललगायत चोकबाट सवारी भित्र छिर्न रोकिएको छ ।

बोर्ड राखेर आइतबारदेखि ट्राफिक प्रहरीले सवारी रोकेका छन् । सवारीसाधनका कारण ठमेलका साँघुरा सडक अस्तव्यस्त बन्ने गरेका थिए । पर्यटकको भिड लाग्ने ठमेलमा सवारीसाधन प्रवेश गर्दा जाम हुने गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस