बीपीका डेढ दर्जन कर्मचारीद्वारा राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बीपीका डेढ दर्जन कर्मचारीद्वारा राजीनामा


६ कार्तिक २०७४, सोमबार


भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विभिन्न विभागमा कार्यरत १७ कर्मचारीले राजीनामा दिएका छन् । अस्पताल प्रशासनलाई जानकारी नदिई विदेश पलायन भएका कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका हुन् । उनीहरू बिदाको निवेदन बुझाएर विदेश हानिएका थिए ।

सेवा प्रभावित हुने गरी लामो समय सम्पर्कविहीन भएको भन्दै अस्पतालले सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । उनीहरूले विदेशबाटै राजीनामा पठाएका हुन् ।

तीमध्ये आधाजसो विदेशमा स्थायी बसोबास अनुमति (पीआर) पाएकाहरू छन् । केही नेपालमै भए पनि सम्पर्कमा थिएनन् । उनीहरू सबै स्थायी कर्मचारी हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस