उठेन नगरपालिकाको फोहोर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उठेन नगरपालिकाको फोहोर


४ कार्तिक २०७४, शनिबार


इलाम । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाको फिक्कलमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन ।

फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते भन्ने स्थानसम्म पुग्ने सडक क्षतिग्रस्त भएपछि नगरपालिकाको बजार क्षेत्रमा फोहोरको डंगुर थुप्रिएपछि बजार दुर्गन्धित बन्दै गएको छ । सङ्कलित फोहोर फ्याँक्ने अन्य ठाउँको व्यवस्थापन नहुँदा बजार क्षेत्रमा फोहोर थुप्रिएको हो ।

फोहोरमैला व्यवस्थापनका लागि झापास्थित अभियान नेपाल संस्थाले ठेक्का पाए पनि सङ्कलित फोहोर नउठाएपछि फिक्कल, पशुपतिनगर, तीनघरे, कन्याम, हर्कटे, शान्तिचोकलगायत व्यापारिक क्षेत्र दुर्गन्धित भएका छन् ।

दैनिक दुई टनसम्म फोहोर सङ्कलन हुँदै आएको सूर्योदय नगरपालिकाको बजार क्षेत्रमा अहिले जहाँतहीँ फोहोरको थुप्रो लागेको छ । पुरानो डम्पिङ साइटमा फोहोर फ्याँक्न नसकिएकाले दुई दिनभित्र अर्को डम्पिङ साइटको जग्गा व्यवस्थापन गरी बजार क्षेत्रको फोहोर उठाइने नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस