गजल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गजल


४ कार्तिक २०७४, शनिबार


कहिले भूँईमा पुर्याउँछ कहिले तलामा पुर्याउँछ
परिस्थितिले खुट्टाको जुत्तालाई गलामा पुर्याउँछ

नसोच्नु कि म सँधैभरी यसरी नै चुपचाप बसिरहुँ
तिम्रो घमण्डले मलाई एकदिन हमलामा पुर्याउँछ

आमाले छोरोको मुख हेर्न अन्तिम सास कुर्नुपर्यो
के मृत्युले नै सन्तानलाई आफ्नो थलामा पुर्याउँछ

बाजेको लौरी खोसेर माया जानेको नाती हो यो
फूल टिप्नेहरुको भिंडमा पानी गमलामा पुर्याउँछ

प्रतिक्रिया दिनुहोस