गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


४ कार्तिक २०७४, शनिबार


दशैले रूवायो फेरी तिहारले रूवाँउछ
सधै मलाई अभागी निधारले रूवाँउछ

वैदेशिक रोगारको नाममा खाडी पठाउँदै
आफैले रचना गरेको सरकारले रूवाँउछ

छोरोलाई परदेशी छोरीलाई पराई घर
कहिले कहि त यस्ता बिचारले रूवाँउछ

घर हुँदा साहुको ऋण परदेशमा अचेल
बारम्बार सम्झनामा घरबारले रूवाँउछ

न भोग छ, न निद यो खाडी मुलुकमा
घरको याद आउँछ र परिवारले रूवाँउछ

प्रतिक्रिया दिनुहोस