जन्म र मृत्यु संस्कारको चामलमा असुली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जन्म र मृत्यु संस्कारको चामलमा असुली


२ कार्तिक २०७४, बिहिबार


काठमाडौं । सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क दिने भनेको २० किलो चामलमा नेपाल खाद्य संस्थानका कर्मचारीले रकम असुल्ने गरेका छन् ।

२०७३ भदौ २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसदमा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदान दिने घोषणा गरेका थिए । त्यसअनुरुप हुम्लासहित कर्णालीको मुगु, जुम्ला, कालिकोट र डोल्पामा खाद्य संस्थानका जिल्ला शाखाले गाउँ, नगरपालिकाको सिफारिसमा उपलब्ध गराउँदै आएको चामलमा संस्थानको सिमकोट डिपोले रकम अुसल्दै आएको खुलेको हो ।

संस्थानले सोना मसिनो भन्दै २० किलो चामलबापत दुई सय ४० रुपैयाँ लिने गरेको सिमकोट २, ठेहेका हीरालाल परियारले बताए । उनी आफन्तको मृत्युपछि काजकिरियाका लागि गाउँपालिकाको सिफारिससहित सिमकोट डिपो पुगेका थिए

जन्म र मृत्युमा सरकारले २० किलो चामल पैसा नलिई दिन्छ भनेको सुनेको थिएँ, उनले भने, ‘त्यो झुटो रहेछ ।’ संस्थानका कर्मचारीले दुर्य सय ४० रुपैयाँ नदिए चामल दिन नमिल्ने बताएपछि आफूले बाध्य भएर रकम तिरेको उनको भनाई छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस