२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर डेढ करोड मतदाता

अ+ अ-

काठमाडौं । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । ५ भदौमा १८ वर्ष उमेर पुगेका र फोटोसहित मतदाता नामावली दर्ता गराएकाहरूको नाम निर्वाचन आयोगले टुंगो लगाएको हो ।

आयोगका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्न पाउनेछन् । त्यसैगरी, आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभर १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र छापिइरहेको छ । प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवका अनुसार ९० लाख मतपत्र छापिसकिएको छ । समानुपातिक निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र आवश्यक पर्छ । ७ कात्तिकभित्र समानुपातिक निर्वाचन प्रणालीका आवश्यक मतपत्र छापेर ८ कात्तिकबाट प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छाप्न सुरु गर्ने तयारी आयोगको छ ।

आयोगले एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता पठाउने तयारी गरेको छ । आयोगका अनुसार २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ । उनीहरूमार्फत यसपटक स्थानीय तहमा भन्दा बढी नमुना मतदान गराउने तयारी आयोगको छ । आयोगले १६ भाषामा मतदाता शिक्षा प्रदान गर्दै छ । स्थानीय तहमा १३ प्रतिशत मत बदर भएपछि आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा कम मत बदर होस् भनेर नमुना मतदान धेरै गराउन लागेको आयोगको भनाइ छ ।

समानुपातिकतर्फको रातो र पहिलो हुने निर्वाचित हुनेतर्फको हल्का हरियो रङमा नमुना निर्वाचन चिह्नहरू राखिएको नमुना मतपत्र छपाइ गरी निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग गर्न जिल्ला जिल्लामा पठाइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस