अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै, सचिवहरुको दौडधुप सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै, सचिवहरुको दौडधुप सुरु


२ कार्तिक २०७४, बिहिबार


काठमाडौं । महत्वपूर्ण शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुले दौडधुप सुरु गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी रर शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पाँच वर्षे सेवाअवधि सकिएकाले कात्तिक २ देखि अवकाश पाएका छन् भने सरकारले आगामी कात्तिक ६ वा ७ मा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने सम्भावना छ ।

अर्थ र शिक्षा सचिवले बिहीबार अवकाश पाउने भए पनि तिहार बिदा परेकाले बुधबारै बिदा लिइसकेका छन् । तीस मन्त्रालयमध्ये सबैभन्दा आकर्षक मानिएका गृह, अर्थ र शिक्षामा जान सचिवहरुले दौडधुप सुरु गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस