एसियन बास्केटबलमा नेपालले भाग लिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एसियन बास्केटबलमा नेपालले भाग लिने


१ कार्तिक २०७४, बुधबार


काठमाडौं । भारतमा आयोजना हुने फिबा सोह्र वर्षमुनि (यु–१६) वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आज एक कार्यक्रमबीच शुभकामनासहित विदाइ गरे ।

प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी खेलाडीमा प्रतिक्षा मगर (कप्तान), श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा गौतम, रोशनी श्रेष्ठ, एरिषा श्रेष्ठ, संस्कृति मास्के, छिरिङ चोकी शेर्पा र अस्मिता थापा छन् ।

त्यसैगरी, टिम म्यानेजरमा सरोजा कोइराला श्रेष्ठ, प्रशिक्षकमा बिपिन कपाली तथा सहायक प्रशिक्षकमा सुशील गुरुङ छन् भने अफिसियलमा राजकुमार महर्जन छन् । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस