सांस्कृतिक एकता र सामाजिक सद्भावका लागि देउसी भैलो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांस्कृतिक एकता र सामाजिक सद्भावका लागि देउसी भैलो


१ कार्तिक २०७४, बुधबार


धनगढी । दलित साहित्य सोपान धनगढीले सांस्कृतिक एकता र सामाजिक सद्भावलाई मजबुत बनाउने उद्येश्यका साथ विविध सांस्कृतिक कार्यक्रम सहित देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।

सोपानले काग तिहारबाट आरम्भ गरेको कार्यक्रममा गजल र कविता वाचन, क्यारीक्याचर, नृत्य, गायन गर्दै साहित्यिक र सांस्कृतिक जागरण जगाउन देउसी भैलो खेलिएको सोपानका अध्यक्ष गणेश नेपालीले बताए ।

कार्यक्रममा गायक अर्जुन वसन्त, सुरेन्द्र सङ्गम, सिङ्गर इशानी, चल्चित्र अभिनेत्री लक्ष्मी बिसि, लक्षमी बि के, सोनिया रैका, सिर्जना सुनार, हास्यकलाकार महेश बिसि, गायक रमेस दियाली, कवि गज्लकार निरासा सनम, गोकुल सुनार, संगीतकार वीर बहादुर र पवन लगायतका कलाकारको पनि कार्यक्रमा सहभागिता रहेको सोपानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस