अध्यादेशबाट विधेयक ल्याउन केसीको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अध्यादेशबाट विधेयक ल्याउन केसीको माग


१ कार्तिक २०७४, बुधबार


काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी १३ औं पटक अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने अडान लिएका छन् ।

‘सरकारले अध्यादेशमार्फत आमनेपाली जनताको हित र मेडिकल माफियाका विरुद्घमा रहेको विधेयक ल्याउनैपर्छ,’ उनले मंगलबार भने, ‘सबै माग पूरा नभए अनशन जारी रहन्छ ।’

सरकारद्वारा गठित वार्ता टोलीको सरकार र प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सम्बन्ध नरहेको केसीको दाबी छ । ‘वार्ता टोलीमा कर्मचारीहरू हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू नै प्रमसँग भेट्नसमेत पाउनुहुन्न, कसरी समाधान गर्नुहुन्छ ?’ सरकारी टोली र केसीबीच मंगलबार कुनै वार्ता भएन ।

प्रधानमन्त्रीले गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै केसीले केदारभक्त माथेमालगायत थुप्रै व्यक्तिले सम्पर्क गर्न खोज्दा प्रधानमन्त्री सम्पर्कविहीन भएको आरोप लगाए । नभेटदैमा समस्या समाधान नहुने औंल्याउँदै उनले यस्ता क्रियाकलापको असर चुनावमा समेत पर्ने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस